नेप्से परिसूचक झिनो अंकले घट्यो, फाइनान्स, विकास बैंक र जलविद्युतमा आकर्षण कायमै



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको छ ।

दिनभर उतारचढाव रहेको बजारमा कारोबार बन्द हुँदासम्म नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ अंकमा बन्द भएको छ ।

यो दिन १०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यो दिन ३ करोड ६ हजार ६४४ कित्ता सेयर १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३५ रुपैयाँमा कारोबार भएको छ ।

उपसमूहतर्फ विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत् कम्पनीको सेयरमा लगातीकर्ताको आकर्षण कायमै छ ।

यो दिनको कारोबारमा पाँचथर पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी लिबर्टी इनर्जी कम्पनी शिव श्री हाइड्रोपावर, नगाडी ग्रुप पावर, माउन्टेन इनर्जी नेपाल, छ्याङदी हाइड्रोपावर, रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ भने गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु