सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो
काठमाडौं । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कायम भएको सुनको मूल्य बुधबार १ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको थियो भने बुधबार ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएको थियो भने बुधबार ५ रुपैयाँ घटेर १३ सय ५० रुपैयाँ कायम भएको छ ।