प्रि-ओपनिङमा ३४.९४ अंकले बढ्दा नेप्से परिसूचक ३ हजार नजिक, १०२ कम्पनीको कारोबार



काठमाडौं । बुधबार प्रि-ओपनिङ सेसनमा नेप्से परिसूचक ३४.९४ अंकले बढेर २९९५.०८ अंकमा पुगेको छ ।

प्रि-ओपनिङमा १०२ वटा कम्पनीको सेयर कारोबार भएकोमा ८६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा आइसीएफसी फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर कम्पनी, लक्ष्मी लघुवित्त, छिमेक लघुवित्त विकास बैंकलगायतका कम्पनीको सेयर मूल्य बढेको छ भने राधी विद्युत् कम्पनी, समता घरेलु लभुवित्त, नारायणी डेभलपमेन्ट बैंक, सानिमा बैंक र माथिल्लो तामाकोसीको सेयर मूल्य भने घटेको छ ।


क्लिकमान्डु