‘कर्जा विस्तार अनुसार बैंकहरुको नाफा बढेन’



काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले चैत मसान्तसम्म बैंकहरुको कर्जा प्रवाह अनुसार नाफा नबढेको बताएका छन् ।

चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुको कर्जा विस्तार ७ खर्ब बढी भएपनि सञ्चालन नाफा भने ऋणात्मक जस्तै रहेको उनको भनाइ थियो ।

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्सिच्युटले आयोजना गरेको छलफल कार्यक्रममा दाहालले बैंक तथा वित्तीय संस्थाले कठिन समयमा पनि सेवा दिएको बताए ।

उनले चैत मसान्तसम्म सरकारको राजस्व बृद्धिदर करिब १५ प्रतिशत रहेको व्यवसायीले समेत राहत पाएपनि बैंकहरुको भने नाफा नबढेको बताए ।

‘धेरैले बैंकको अर्बको नाफा मात्र देखेका हुन्छन् तर, प्रतिफल भने घट्दो क्रममा रहेको छ,’ दाहालले भने ।

कुनैबेला २५ प्रतिशतसम्म रहेको आरओइ अहिले १० देखि १२ प्रतिशतसम्म झरेको दाहालले जानकारी दिए ।

‘चैतसम्मको तथ्यांक हेर्दा बैंकहरु बाहेक अरु सबैले कोभिडको सुविधा लिएको देखियो, सरकारको राजस्व बढ्यो, व्यवसायीले पुनरकर्जा सुविधा समेत राम्रो पाए,’ दाहालले थपे ।

‘९ महिनामा संचालन मुनाफा अघिल्लो वर्षको तुलनामा ९ करोडले मात्र बढेको छ,’ दाहालले भने ।


क्लिकमान्डु