बैंक तथा वित्तीय संस्था सेयर खेलाडी होइनन् : वित्त कम्पनी एशोसियनका अध्यक्ष तुलाधनर



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी गरेर चलखेल नगरेको पछिल्लो समयको बजारले देखाएको बैंक तथा वित्तीय संस्थाका सीइओहरुले दाबी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले अल्पकालिन रुपमा सेयरमा लगानी गर्न रोक लगाएको छ । वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले सेयर बजारमा बैंक तथा वित्तीय संस्थाले चलखेल गरेको अनावश्यक आरोप लागेको बताए ।
‘जनताको निक्षेप नै सेयर बजारमा लागेको समेत आरोप लाग्यो, जबकी बैंक तथा वित्तीय संस्थाले आफ्नो पूँजीलाई लगानी गर्ने हो जनताको निक्षेप होइन,’तुलाधरले भने । राष्ट्र बैंकले नीतिगत व्यवस्थामा परिवर्तन गरेसँगै बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा सेयर नकिनेपनि अहिले १७ अर्बसम्मको कारोबार हुन थालेको छ । यसले नै बैंक तथा वित्तीय संस्थाको प्रत्यक्ष रुपमा सेयर बढाउनको लागि भूमिका नभएको तुलाधरले बताए ।


क्लिकमान्डु