विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको निधन



काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज अपराहन्न निधन भएको विवेकशिल साझाका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए ।

उनका अनुसार थापाको ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोरोना संक्रमित भइ उपचार गराइरहेका थापालाई पछिल्लो समय भेन्टिलेटरम राखेर उपचार गराइएको थियो । उपचारकै क्रममा कोरोना संक्रमणमुक्त भए पनि उनको अवस्था गम्भीर रहेकाले अस्पतालमा उपचार गराइराखिएको थियो ।

उनी पछिल्लो समयमा पार्टी राजनीतिबाट निष्क्रिय जस्तै बनेका थिए । नेपालमा पछिल्लो समयमा युवाहरुलाई राजनीतिमा आउन प्रेरित गर्नेमा थापा अगुवा थिए । उनले विवेकशिल अभियान तथा विवेकशिल नेपाली दलका संस्थापक, विवेकशिल साझा पार्टीका पूर्वसंयोजक, उद्यमी समेत थिए ।

उनको उपचारका लागि देश तथा विदेशमा रहेका शुभचिन्तकहरुले आर्थिक सहयोग समेत जुटाएका थिए ।


क्लिकमान्डु