निषेधाज्ञामा कडाइ गर्दै प्रहरी, काठमाडौंमा ४०३ वटा सवारी कारबाहीमा



काठमाडौं । निषेधाज्ञा अवज्ञा ४०३ वटा सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको छ ।

काठमाडौं उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएका छन् ।

निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ४ सय ३ ओटा सवारी साधनलाई जेठ १८ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ३२४ ओटा दुई पाङग्रे, ५९ वटा चारपांग्रे १४ ओटा ठूला सवारी साधन र ६ ओटा ट्याक्सी रहेका छन् ।


क्लिकमान्डु