४० माइक्रोनभन्दा पातलो झोलामा प्रतिबन्ध, कागज र कपडाका झोलामा सरकारले अनुदान दिने

406
Shares

काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट लागू हुनेगरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पदान, आयात–बिक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

वातावरण विभागकाअनुसार अहिले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु बोक्नका लागि प्रयोग भइरहेको पोलिथिनहरु सरकारले बिस्थापन गर्न लागेको हो ।

आगामी साउनदेखि किराना पसल, सपिङमल, डिपार्टमेन्टल स्टोरलगायत सबै व्यापारिक क्षेत्रमा प्लास्टिकको झोलाको सट्टा सुती, जुट वा कागजका झोला प्रयोग गर्नुपर्नेछ ।

त्यस्तै सरकारले कपडा र कागजका झोला बनाउने उद्योग खोल्नका लागि अनुदान रकम पनि उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले जारी गरेको बजेट वक्तव्यमा ४० माइक्रोनभन्दा पातलो झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेसिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानी बराबरको रकम सरकारले पुँजीगत अनुदान दिने व्यवस्था उल्लेख गरिएको छ ।