वाणिज्य बैंकको आइपीओ अध्ययन गरेपछि मात्रै : अर्थसचिव ढुंगाना



काठमाडौं । अर्थसचिव शिशिर ढुंगानाले वाणिज्य बैंकको आइपीओ अध्ययन गरेपछि मात्र निष्कासन हुने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको छलफल कार्यक्रममा अर्थसचिव ढुंगानाले अहिले सरकारको पूर्णस्वामित्वमा वाणिज्य बैंक मात्र रहेको हुँदा अध्ययनपछि मात्र यसको सेयर निष्कासन गर्न सकिने बताए ।

अहिले २७ वटा वाणिज्य बैंक छन् । जसमा पूर्ण स्वामित्व सरकारको वाणिज्य बैंकमा मात्र छ । वाणिज्य बैंकका एनआईडिसीबाट आएका केही सर्वसाधारणको सेयर रहेपनि त्यो नगन्य छ ।

सरकारले यो पटक बजेट मार्फत नेपाल टेलिकमको २२ प्रतिशत सेयर मोबाइलका ग्राहकलाई बेच्ने घोषणा गरेको छ ।


क्लिकमान्डु