एक वर्षमा सेयर बेच्नेले तिर्ने लाभकर बढ्यो, दीर्घकालिन लगानीकर्तालाई प्रोत्साहन
काठमाडौं । सरकारले सेयर बजारमा दीर्घकालिन लगानीकर्तालाई प्रोत्साहन दिदै अल्पकालिन लगानीकर्तालाई बढी कर लगाउने नीति लिएको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले बजेट मार्फत अल्पकालिन लगानीकर्तालाई बढी लाभकर लगाउने नीति लिएका छन् ।
बजेटसँगै आउने आर्थिक अध्यादेशको आयकर ऐनमा संसोधन गर्दै सरकारले एकवर्ष कम अवधीमा सेयर बेच्ने लगानीकर्तालाई साढे ७ प्रतिशत पूँजीगत कर लगाउने नीति लिएको छ ।
यस्तै एकवर्षभन्दा बढी समय होल्ड गरेर सेयर बेच्दा आउने लाभमा सरकारले ५ प्रतिशत पूँजीगत लाभकर लगाउने छ ।