रासायनिक मलका लागि १२ अर्ब बजेट, तीनवर्षभित्र नेपालमै कारखाना खोल्ने घोषणा



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रासायनिक मल खरिद गर्न १२ अर्ब रुपैयाँ बराबर विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले रासायनिक मलमा अनुदान दिन ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा आगामी आर्थिक वर्षका लागि १ अर्ब रुपैयाँ बजेट बढाइएको हो ।

त्यस्तै सरकारले आगामी तीनवर्षभित्र नेपालमै रासायनिक मल कारखाना खोल्ने विषय पनि बजेटमा समावेश गरेको छ ।


क्लिकमान्डु