बैंकिङ क्षेत्रमा १८ हजारलाई कोरोना, १०२ को मृत्यु, बैशाख १५ यतामात्रै ८ हजार संक्रमित (सूचीसहित)



काठमाडौं । बैंकिङ क्षेत्र कोरोनाको हटस्पट बनेको छ । नेपालमा कुल कोरोना भाइसर संक्रमितमा ३.५७ प्रतिशत व्यक्ति बैंकिङ क्षेत्रका रहेका छन् ।

हालसम्म कुल ५ लाख १३ हजार बढी व्यक्ति कोरोना संक्रमित भइसकेको छन् । जसमध्ये बैंक तथा वित्तीय संस्थाका कर्मचारी र एकाघर परिवारका सदस्य गरी १८ हजार ३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भइसेकको छ । जसमध्ये १ सय २ जनाको कोरोना संक्रमणले मृत्युसमेत भइसकेको छ ।

जसमध्ये १३ हजार ३ सय ६२ जना कर्मचारी र ५ हजार ३ जना एकाघर परिवारका सदस्य रहेका छन् । कोरोना संक्रमितमा बैंक तथा वित्तीय संस्थाका १९ जना कर्मचारीको र ८३ जना एकाघर परिवार सदस्यको मृत्यु भइसकेको छ ।
बैंकिङ क्षेत्रमा हालसम्म कोरोना संक्रमित भएका मध्येमा ४३.३८ प्रतिशत अर्थात् ७ हजार ९ सय ६७ जना बैंशाख १५ गते यता संक्रमित भएका हुन् ।

साथै, कोरोना संक्रमणका कारण मृत्यु भएका कुल १ सय २ जना मध्ये ५० जनाको मृत्यु बैशाख १५ गते यता भएको हो । यो तथ्यांक जेठ ७ गतेसम्मको हो ।

बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारी मध्ये हालसम्म साढे १८ प्रतिशत कर्मचारी कोरोना संक्रमित भइसेकका हुन् । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा कुल ७२ हजार बढी कर्मचारी कार्यरत छन् । जसको १८.५३ प्रतिशत कर्मचारी कोरोना संक्रमित भइसकेका हुन् ।

निषेधाज्ञामा हिँड्न बैंकका कर्मचारीलाई थप कडाइ, यस्तो छ नयाँ व्यवस्था

हाल वाणिज्य बैंकहरुमा ४६ हजार जना, विकास बैंकहरुका ८६ सय जना, फाइनान्स कम्पनीहरुमा २५ सय र लघु वित्त वित्तीय संस्थामा १५ जना कर्मचारी कार्यरत छन् । जसमध्ये वाणिज्य बैंकका २१.७६ प्रतिशत, विकास बैंकका १३.५२ प्रतिशत, फाइनान्स कम्पनीका १२.८४ प्रतिशत र लघुवित्त संस्थाका १२.४७ प्रतिशत कर्मचारी कोरोना संक्रमित भएका हुन् ।

यस्तो छ वाणिज्य बैंकहरुमा कोरोना संक्रमितको अवस्था

वाणिज्य बैंकहरुमा १३ हजार ९ सय ८८ जना जसमध्ये १० हजार ८ जना कर्मचारी संक्रमित भएका छन् । संक्रमितमध्ये १५ जना कर्मचारी र ५९ जना एकाघर परिवारको सदस्य गरी ७० जनाको मृत्यु भइसकेकोे छ ।

संक्रमितमध्ये बैशाख १५ गतेयता नै ३ हजार ६ सय ४६ कर्मचारी र १ हजार ७ सय २३ एकाघर परिवार गरी कुल ५ हजार ३ सय ६९ जना संक्रमित भएका हुन् । जसमध्ये ९ जना कर्मचारी र ३१ जना एकाघर परिवार गरी ४० जनाको मृत्यु भइसकेको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ग्लोवल आइएमइ बैंक कर्मचारी कोरोना संक्रमित भएका छन् । बैंकमा हालसम्म ९ सय २९ कर्मचारी र ४ सय २२ एकाघर परिवार गरी १ हजार ३ सय ५१ जना कोरोना संक्रमित भइसकेका छन् ।

साथै, सबैभन्दा थोरै कोरोना संक्रमित एनसीसी बैंकमा देखिएका छ । बैंकमा ७२ जना कर्मचारी र ७१ जना एकाघर परिवारका सदस्य गरी कुल १ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

कुन वाणिज्य बैंकमा कति कोरोना संक्रमित ? (सूची)

विकास बैंकहरुमा कोरोना संक्रमितको अवस्था

हाल राष्ट्रियस्तर र क्षेत्रियस्तरका गरी १८ वटा विकास बैंकहरु सञ्चालनमा छन् । जसमध्ये १४ वटा विकास बैंकमा कर्मचारी र उनका परिवारका सदस्यलाई कोरोना संक्रमण भइसकेको छ ।

यी विकास बैंकमा १ हजार १ सय ६३ जना कर्मचारी र ३ सय ८५ जना एकघर परिवार गरी कुल १ हजार ५ सय ४८ जना संक्रमित भइसकेका छन् भने ३ जना कर्मचारी र ८ जना एकाघर परिवारका सदस्य गरी ११ जनाको मृत्यु समेत भइसेको छ ।

हाल विकास बैंकहरुमा कुल ८ हजार ६ सय जना कर्मचारी कार्यरत छन् । जसमध्ये १३.५२ प्रतिशत कर्मचारी कोरोना संक्रमित भएका हुन् । सञ्चालनमा रहेका विकास बैंकहरुमध्ये सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकमा र सबैभन्दा थोरै मितेरी विकास बैंकमा कोरोना संक्रमित भएका छन् ।

मुक्तिनाथ विकास बैंकमा हालसम्म ४ सय २३ जनालाई कोरोना संत्रज्ञmमण देखिएको छ । जसमध्ये ३ सय २२ जना कर्मचारी हुन् भने १ सय १ जना एकाघर परिवारका सदस्य हुन् ।

साथै, मितेरी विकास बैंकमा २ जना कर्मचारी र २ जना एकाघर परिवारका सदस्य गरी हालसम्म ४ जनामा कोरोना संक्रमण भइसकेको छ ।

कुन विकास बैंकमा कति कोरोना संक्रमित ? (सूची)

फाइनान्स कम्पनीहरुमा कोरोना संक्रमितको अवस्था

हाल २० वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका मध्ये १९ वटा कम्पनीका ३ सय २१ कर्मचारी र २ सय १ जना एकाघर परिवार सदस्य गरी ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । जसमध्ये ७ जना एकाघर परिवारको सदस्यको मृत्यु भइसेकेको छ ।

फाइनान्स कम्पनीहरुमा हालसम्म २५ सय कर्मचारी कार्यरत छन् । जसमध्ये सबैभन्दा बढी आइसिएफसी फाइनान्स कम्पनीका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । यो कम्पनीमा ५२ जना कर्मचारी र ३६ जना एकाघरपरिवारका सदस्य गरी कुल ८८ जनामा कोरोना संक्रमण देखिएको हो ।

साथै, सबैभन्दा थोरै एनएसएमएल फाइनान्स कम्पनीमा कोरोना संक्रमित देखिएको छ । कम्पनीमा ३ जना कर्मचारी र १ जना एकाघर परिवार गरी ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

फाइनान्स कम्पनीहरुमा कति कोरोना संक्रमित ? (सूची)

लघुवित्त संस्थामा कोरोना संक्रमितको अवस्था

हाल ७२ वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा छन् । यी सस्थाहरुमा १५ हजार कर्मचारी कार्यरत छन् । सञ्चालनमा रहेको लघुवित्त संस्थाहरुमध्ये हालसम्म ६४ वटा संस्थामा १ हजार ८ सय ७० जना कर्मचारी र ४ सय ३७ जना गरी २३ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । यी मध्ये १ जना कर्मचारी र ९ जना परिवारका सदस्य गरी १० जनाको मृत्यु भइसेको छ ।

कोरोना संक्रमण देखिएका संस्थाहरुमध्ये सबैभन्दा धेरै स्वालम्वल लघुवित्तमा १ सय ७९ जना कर्मचारी र १ जना परिवारका सदस्य गरी १ सय ८० जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । साथै, सबैभन्दा थोरै खप्तड लघुवित्त संस्थामा १ जना कर्मचारीमा मात्र कोरोना संक्रमण पुष्टी भएको छ ।

लघुवित्त संस्थामा कति कोरोना संक्रमित ? (सूची)


पुष्प दुलाल