बजेट अध्यादेशबाट आउँछ, वृद्धभत्ता बढ्छः प्रधानमन्त्री केपी ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशबाट आउने बताए । उनले जिम्मेवार ढंगले बजेट ल्याउने उनले बताए ।

‘मैले यसअघि नै घोषणा गरिसकेका कतिपय घोषणहरु, नीतिहरु समेतलाई कार्यान्वयन गर्ने गरी आउँछ । विकास निर्माणलाई महत्व दिएर बजेट आउँछ । र, मुख्यगरी कोरोना महामारीको रोकथाममा केन्द्रित भएर बजेट आउनेछ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले यसअघि नै वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरिसकेका छन् ।

‘१५ गते स्वभाविक रूपमा बजेट आउँछ, औपचारिक कार्यक्रमबाट राष्ट्रपतिबाट जारी हुन्छ,’ उनले भने ।

बजेट सस्तो लोकप्रियता अथवा चुनावभन्दा पछि वा चुनाव सकिएपछि यो सरकार बन्न भन्दाअघि जसरी दुरगामी असर पार्ने खालको गैर जिम्मेवार ढंगले बजेटछ नल्याउने भने पनि बृद्धभत्ता भने बढ्ने बताए ।


क्लिकमान्डु