विभागबाट वैशाखसम्ममा ३५ व्यवसायीको कारोबार रोक्का, २ करोड बढी जरिवाना



काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा वाणिज्य, आपूर्ति तथा उपभोभोक्ता संरक्षण विभागले ३५ व्यवसायीको कारोबार रोक्का गरेको छ । विभागले साउनदेखि वैशासम्ममा ३५ वटा व्यवसायीको कारोबार गरेको हो ।

विभागले बजार अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन विपरित कारोबार गरेकाले व्यवसायीको कारोबार रोक्का गरेको जनाएको छ । विभागका अनुसार वैशाख मसान्तसम्ममा २७ सय ५४ व्यापारिक फर्म अनुगमन गरेको थियो ।

उक्त अनुगमन गरेकोमा हालसम्ममा ९ सय २९ फर्मलाई जरिवाना गरिएको छ । साथै, ऐन विपरित कारोबार गरेको सो व्यवसायीहरूलाई विभागले २ करोड २२ लाख २८ हजार जरिवाना गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

विभागले १० महिनाको अवधिमा ३ करोड ७३ लाख ५४ हजार रुपैयाँ बराबरको म्याद समाप्त भएको वस्तुको नष्ट गरेको छ ।

त्यस्तै विभागले वैशाख महिनामा १ सय ६३ वटा फर्ममा अनुगमन गर्दा ऐन विपरित कारोबार गर्ने १ व्यवसायीको रोक्का गरेको थियो भने ६८ फर्मलाई जरिवाना गरेको विभागले उल्लेख गरेको छ । उक्त ६८ फर्मलाई १४ लाख ७७ हजार रुपैयाँ जरिवाना गरेको छ । साथै वैशाम महिनामा १२ हजार ५ सय रुपैयाँ बराबर रकमको म्याद समाप्त भई नष्ट गरिएको विभागको भनाइ छ ।

विभागले अन्य कारबाही गरिएको फर्मको संख्या ९ सय ३४ रहेको छ ।

उपत्यका बाहिरको ११ फर्मको कारोबार रोक्का

विभागको उपत्यका बाहिर रहेको ५ कार्यालय विराटनगर, विरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा भएको १४ सय ५० वटा फर्ममा अनुगनम गर्दा ऐन विपरित कारोबार गरेको ११ फर्मको कारोबार रोक्का गरेको छ । विभागका अनुसार उक्त अनुगमन गरेको मध्ये २ सय ५९ फर्मलाई ७१ लख २६ हजार जरिवाना गरेको छ । साथै उक्त कार्यालयबाट १५ लाख ४१ हजार रुपैयाँ बराबरको म्याद समाप्त भई खाद्य नष्ट गरिएको छ । त्यस्तै, अन्य कारवाहीमा ५ सय ६४ फर्म रहेकाो विभागको भनाइ छ ।

निषेधाज्ञामा ७ लाख बढी जरिवाना

विभागले निषेधाज्ञा लागु भएपश्चात पनि अनुगमनलाई निरन्तरता दिँदै आएको छ । सो समयमा विभागले ८२ फर्ममा अनुगमन गर्दा १ फर्मको कारोबार रोक्का गरेको छ । त्यस्तै, विभागले ३६ वटा फर्मलाई ७ लाख ३७ हजार रुपैयाँ जरिवाना गरेको विभागले उल्लेख गरेको उछ । साथै, अन्य कारबाहीमा ४५ वटा फर्म परेका छ । विषयगत क्षेत्रमा खाद्य व्यवसाय ४१, स्वास्थ्य ३७ र अन्य ५ रहेको विभागले जनाएको छ ।


क्लिकमान्डु