सेयरधितो कर्जामा राष्ट्र बैंकको कडाइ, ८% ले कर्जा घट्ने, यस्तो छ बैंक अनुसारको विवरण



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजारले नयाँ रेकर्ड कायम गरेको दिन मौद्रिक नीतिको त्रैमासिक समिक्षा गरेर सेयरधितो कर्जामा कडाइ गरेको छ ।

राष्ट्र बैंकले १८० दिनको अन्तिम मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सो आधारमा ७० प्रतिशतमात्र कर्जा पाउने व्यवस्था गरेको छ ।

बैंक तथा वितीय संस्थाहरुले प्रवाह गर्ने कर्जामध्ये शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षणवापत् शेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाइ उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था मिलाएको छ ।

यसअघि १२० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्यमा जुन कम हुन्छ त्यसमा ७० प्रतिशत सेयर धितोमा कर्जा दिन पाइने व्यवस्था थियो ।

राष्ट्र बैंकको यो नयाँ व्यवस्थाले औसतमा ८ प्रतिशतजति सेयर धितोमा प्रवाह हुने कर्जा घट्ने देखिन्छ । १८० दिनको औसत नेप्से परिसूचक २३८४.८३ बिन्दु छ । १२० दिनको नेप्से परिसूचक २५६१.०७ प्रतिशत छ । यसरी हेर्दा औसतमा ७.८ प्रतिशतले सेयरधितो कर्जा घट्ने देखिन्छ ।

राष्ट्र बैंकले निर्देशिकामार्फत पुस महिनामा सेयरधितो कर्जा दिने व्यवस्थामा कडाइ गरेको थियो । त्यो बेला राष्ट्र बैंकले यो व्यवस्थामा राष्ट्र बैंकले ४ वटा व्यवस्था थप गरेर सेयर धितो कर्जामा कडाइ गरेको थियो ।

सेयर धितो कर्जामा राष्ट्र बैंकको कडाई, अनुपात भने यथावत

राष्ट्र बैंकका अनुसार पछिल्लो ३ वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु, व्यवसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्थाहरु, विगत तीन वर्षदेखि साधारणसभा नगरेका संस्थाहरु र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरुको सेयर धितो राखेर कर्जा लिन नपाइने भएको छ ।

राष्ट्र बैंकको यो व्यवस्था अनुसार सेयर बजारमा सूचिकृत भएका पुनर्बीमा, नेपाल इन्फ्रास्टक्चर कम्पनी, तामाकोशी लगायतका कम्पनीको सेयरधितो राखेर कर्जा लिन पाइँदैन ।

यस्तै पछिल्लो समय सूचिकृत भएका ३ वटा जीवन बीमा तथा ३ वटा निर्जीवन बीमा कम्पनीको सेयरधितो राखेर पनि कर्जा पाइँदैन ।

सेयर धितो राखेर कर्जा पाइने भनेको वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा पुराना जीवन बीमा र निर्जीवन बीमा कम्पनी हुन् । जसको ६ महिनामा सेयर मूल्य निकै नै बढेको छ ।

उदाहरणका लागि वाणिज्य बैंकमा सबैभन्दा बढी सेयर मूल्य भएको नबिल बैंकलाई लिऔं । नबिल बैंकको १८० दिनको औसत सेयर मूल्य १२३५.२३ रुपैयाँ छ । जबकी १२० दिनको १२६३.५७ रुपैयाँ छ । नबिल बैंकको मंगलबार सेयर कारोबार बन्द हुँदा सेयर मूल्य १३०८ रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकको पुरानो व्यवस्था अनुसार १ कित्ता सेयर धितो राखेर ८८४ रुपैयाँ ४९ पैसा ऋण पाउन सकिने थियो भने अब नयाँ व्यवस्था अनुसार ८६४ रुपैयाँ मात्र ऋण पाइन्छ ।

वाणिज्य बैंकहरुको तथ्यांक विश्लेषण गर्दा १२० दिनको व्यवस्था अन्तर्गत औसतमा ३११ रुपैयाँ ऋण पाइने गरेकोमा अब ३०१ रुपैयाँ पाइन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मार्जिन प्रकारको सेयरधितो कर्जामा बैंकहरुले चैत मसान्तसम्ममा ९१ अर्ब रुपैयाँ ऋण दिएका छन् ।

अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्म बैंकहरुले ४७ अर्ब ४३ करोड रुपैयाँ ऋण मार्जिन प्रकारको कर्जा अर्थात् सेयर धितोमा दिएका थिए ।

कुन बैंकको सेयर धितोमा कस्तो असर

Bank price -180 Price-120 Price Today loan 180 loan 120
ADBL 472 442.42 433 330.4 309.694
BOKL 298 310.79 325 208.6 217.553
CBL 219 233.04 245 153.3 163.128
CCBL 235 247.32 253 164.5 173.124
CZBIL 288 307.41 321 201.6 215.187
EBL 768 787.09 737 515 515
GBIME 400.69 428.43 436 280.483 299.901
HBL 585.76 528.15 484 338.8 338.8
KBL 292 308.74 327 204.4 216.118
LBL 294.53 300 320 206.171 210
MBL 288.3 305.07 323 201.81 213.549
MEGA 291.62 303 317 204.134 212.1
NABIL 1,235.23 1,263.57 1308 864.661 884.499
NBB 325.96 345.21 384 228.172 241.647
NBL 409.98 424.27 428 286.986 296.989
NCCB 330.85 339.37 369 231.595 237.559
NIB 479.77 466.39 460 322 322
NICA 842.3 906.05 905 589.61 634.235
NMB 435.94 434.01 425 297 297
PCBL 430.92 449.97 437 301.644 314.979
Prabhu 412.48 454.27 443 288.736 310
Sanima 365.98 379.63 418 256.186 265.741
SBI 428.02 425.07 401 280 280
SBL 428.02 413.89 429 299.614 289.723
SCB 633.49 619.54 594 415 415
Sunrise 296.2 311.16 319 207.34 217.812


पुष्प दुलाल