सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो



काठमाडौं । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार ३ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको थियो भने सोमबार ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको थियो भने आइतबार ५ रुपैयाँ बढेर १३ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु