सोल्टी होटलको घाटा साढे १३ करोड बढी, आम्दानी ७३.५४ प्रतिशतले घट्यो



काठमाडौं । पाँचातारे होटल सोल्टीको घाटा साढे १३ करोड रुपैयाँभन्दा बढी पुगेको छ । चालु आर्थिक वर्षको चैत महिनासम्मको वित्तीय विवरण अनुसार होटलको घाटा १३ करोड ६६ लाख ३८ हजार रुपैयाँ छ । जबकी होटलले गत आवको सोही अवधिमा १४ करोड ५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा होटलको आयमा ७३.५४ प्रतिशतले ह्रास आएको छ । जुन पूर्णरुपमा कोरोना भाइरसको कारणबाट सिर्जित समस्याका कारण भएको होटलको भनाइ छ । होठटलले चालु आवको समीक्षा अवधिमा जम्मा ३० करोड ८ लाख रुपैयाँ आय गरेको छ । जबकी गत आवको सोही अवधिसम्म होटलको आय १ अर्ब १६ करोड ६८ लाख ७१ हजार रुपैयाँ थियो ।

होटलले यसबीचमा कर्मचारीको संख्या पनि कम गरेको छ । कर्मचारीहरुलाई स्वेच्छिक अवकास दिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १.६२ रुपैयाँ नकारात्मक छ भने प्रतिसेयर नेटवर्थ १७.९६ रुपैयाँ छ । त्यसैगरी प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५.२० रुपैयाँ छ ।


क्लिकमान्डु