उपभोग्य वस्तुमा बढी मूल्य लिए टोल फ्रि नम्बर ११३७ फोन गर्न विभागको आग्रह
काठमाडौं । निषेधाज्ञाको समयमा दैनिक उपभोग्य वस्तुहरूको तोकिएको मूल्यभन्दा बढी लिएमा विभागको पैसा नलाग्ने टोल फ्रि नम्बर ११३७ मा फोन गरी जानकारी दिन सक्नेछ ।
वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले एक सुचना जारी गर्दै उपभोग्य वस्तुहरूको अनुचित व्यापारिक क्रियाकलाप नगर्न र गरेको पाइएमा सम्बन्धित स्थानीइ तह वा स्थानीय प्रशासन वा हेल्लो सरकार वा विभागको पैसा नलाग्ने टोल फ्रि नम्बर फोन गरी जानकारी दिन आग्रह गरेको हो ।
विभागले निषेधाज्ञाको समयमा बिरामीहरूका लागि अति आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता तथा स्वास्थ्य सेवा प्रवाह एवम् उपभोग्य सामग्रीहरूको उत्पादन, वितरण प्रणालीलाई सञ्चालन गर्ने कार्यमा सहयोग, समन्वय र सहजीकरण गर्नु उत्पादन, आयातकर्ता, वितरक, बिक्रेता, उपभोक्ता एवम् नियमनकारी निकायहरूले जिम्मेवारी बहन गर्नुपर्ने जनाएको छ ।
विभागले तालुक निकाय, स्थानीय प्रशासन, प्रदेश सरकारहरू र स्थानीय तहसँग समेत समन्वय गरी परिस्थितिलाई थप जटिल हुन नदिई सामन्यीकरण तर्फ लैजाने पुर्ण क्षमतामा क्रियाशिल रहेको जनाएको छ ।
महामारीको जटिल परिस्थितिकमा अति आवश्यक उपभोग्य वस्तु तथा स्वास्थ्य सामग्रीहरूको गुणस्तर, उचित मूल्य तथा आवश्यकताको आधारमा बिक्री वितरण गर्न विभागले अनुरोध गरेको छ ।
कम गुणस्तरका वस्तुहरू अधिक मूल्यमा बिक्री वितरण भइरहेको भन्ने गुनासो र उजुरीहरू आउने गरेको विभागको भनाइ छ । साथै, विभागले गुनासो तथा उजुरी सम्बोधन गर्न यस विभागबाट एकल तथा स्थानीइ प्रशासन तथा अन्य विषयगत निकायहरू समेतको सहभागितामा संयुक्तरुपमा नियमित र आकस्मिक रुपमा बजार अनुगमनको कार्य गरिरहेको विभागको सुचनामा उल्लेख छ ।
त्यस्तै विभागले अनुगमनको क्रममा अनुचित व्यापारिक क्रियाकलाप भएको पाएमा कानुन बमोजिम कारबाही हुने जनाएको छ । उपभोग्य वस्तुहरूको अधिक सञ्चय नगरी समेत उपभोक्ताहरूको भूमिका, निर्वाह गर्न, तोकिएको मूल्यभन्दा बढी रकम लिार्य बिक्री वितरण गर्ने जस्ता अनुचित व्यापारिक क्रियाकलाप नगरी जिम्मेवार व्यवसायी बन्न आग्रह गरेको छ ।