७६५ थान अक्सोमिटर कालोबजारी गर्ने ७ जना नियन्त्रणमा
काठमाडौं । कोरोना भाइरसको संक्रमणको दर उच्च भएसँगै बजारमा अक्सिजन मापन गर्ने अक्सोमिटरको अभाव देखिन थालेको छ ।
व्यवसायीहरुले मूल्य बढाउनका लागि लुकाइ छिपाई राखेको र अवैधरुपमा बिक्री वितरण समेत भएको ७६५ थान अक्सोमिटर बरामद गरी सोमा संलग्न ७ जना व्यक्तिलाई अनुसन्धान र कानूनी कारबाहीका लागि अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
कार्यालयले निषेधाज्ञा कार्यान्वयको अवस्था अनुगमनको सिलसिलामा वैशाख २७ गते गरेको बजार अनुगमनका क्रममा बिलबिजक नभएको निर्माण कम्पनीको नाम, ठेगाना, बारकोड नभएको न्यून गुणस्तरको अक्सोमिटर बढी मूल्यमा बिक्री वितरण र कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको थियो ।