सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो
काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले बढेर ९२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको थियो भने मंगलबार ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ थियो भने मंगलबार १५ रुपैयाँ घटेर १३ सय ४५ रुपैयाँ मूल्य कायम भएको छ ।