गोल्छा ग्रुपद्वारा पाटन अस्पताललाई १ करोड रुपैयाँ सहयोग



काठमाडौं । गोल्छा ग्रुपले पाटन अस्पताललाई १ करोड रुपैयाँ सहयोग गरेको छ ।

कोरोना महामारीसँग लड्नका लागि सहयोग पुगोस भन्ने उद्देश्यले गोल्छा ग्रुपले सहयोग गरेको हो ।

‘गोल्छा ग्रुपको तर्फबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताललाई अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताकालागि रू १ करोडको सहयोग हस्तान्तरण गरेका छौं । आशा छ, हामी सबैले आ-आफ्नो स्थानबाट सहकार्य र हातेमालो गरेर यो महामारीबाट छिट्टै पार पाउन सफल हुनेछौं,’ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका शेखर गोल्छाले भने ।


क्लिकमान्डु