निषेधाज्ञामा भन्सारबाट सामान छुटाउन अनलाइनबाटै सेवा दिइने
काठमाडौं । भन्सार विभागले निषेधाज्ञामा भन्सारबाट सामान छुटाउन अनलाइनबाटै सेवा दिने भएको छ ।
भन्सार विभागले एक सूचना जारी गर्दै सेवाग्राही सहजीकरणका लागि अनलाइनबाटै सेवा दिने भएको हो ।
विभागले निकासी पैठरी संकेत नम्बर नयाँ जारी गर्ने भएको छ । जसमा विद्युतीय प्रणालीमार्फत् प्राप्त भएको निवेदनको जाँचबुझ गरी नवीकर गर्ने जनाएको छ ।
त्यस्तै स्थगन वा खारेज भएका निकासी पैठरी संकेत नम्बर पुनः चालु गर्ने भएको छ । साथै, विशेष संकेत नम्बर जाँचपास गर्ने भन्सार कार्यालयबाट जारी हुने जारी सूचनामा उल्लेख छ ।
त्यसैगरी, विभागले सेवाग्राही सहजीकरण शाखासँग सम्बन्धित कामको लागि निर्देशक मान बहादुर पौडेलको मोबाइल नम्बर ९८६२०६१२२४, शाखा अधिकृत ललिता ज्ञवालीको मोबाइल नम्बर ९८५११४३५३५ र शाखा अधिकृत भुपेन्द्र कार्कीको नम्बर ९८५११४५७९७ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
त्यसैगरी विभागले भन्सार एजेन्ट छनौट परीक्षा सम्बन्धी जानकारीको लागि कम्प्यूटर अपरेटर झमक बहादुर रेग्मीलाई मोबाइल नम्बर ९८६१८२९५६६ मा सम्पर्क गर्न सकिनेछ ।
विभागले विद्युतीय माध्यमबाट प्राप्त गर्न नसकिने सेवाहरु स्थगन गरेको छ । जसमा एक्जिम कोड खारेजी कार्य, एक्जिम कोड प्रयोजनको लागि राखिएका बैंक गयरेन्टी परिवर्तत र फुकुवा सम्बन्धी कार्य स्थगन गरेको छ । साथै, आर्थिक वर्ष २०७७/७८ को लागि खरिद, निर्माण तथा सेवा परामर्शका लागि मोजुदा सूचि दर्ता सम्बन्धि कार्य र प्रत्यक्ष रुपमा सेवाग्राही आई सम्पर्क गरी हुने सम्पूर्ण कार्यहरु स्थगन गरेको छ ।