निषेधाज्ञापछि अधिकांश तरकारीको मूल्य घट्यो



काठमाडौं । निषेधाज्ञा लागू भएसँगै दैनिक उपभोग्य तरकारीको मूल्य घटेको छ । सरकारले निषेधाज्ञा लागूु गरेसँगै दैनिक उपभोग्य तरकारी, फलफूलको खपतमा गिरावट आएसँगै मूल्य पनि घटेको हो ।

सरकारले निषेधाज्ञा गरेपश्चात तरकारी खपत ५० प्रतिशतले घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठ बताउँछन् ।

उनका अनुसार अहिले तरकारी उत्पादन हुने मौसम भएको र निषेधाज्ञाले पनि तरकारीको मूल्यमा गिरावट आएको बताए ।

‘हाल निषेधाज्ञाले गर्दा सिमित समयमा मात्रै बजार खुल्ने गरेको छ । यसले गर्दा खपतको अवस्था निकै कमजोेर रहेको छ,’ उनले भने, ‘बजारमा तरकारी कम आउँदाआउँदै पनि बजारसम्म किन्न आउने र किनेर ल्याइसके पछि बेच्न सक्ने समय सिमित भएकाले त्यसको असर मूल्यमा देखिएको हो ।’

तरकारी नाशवान वस्तु भएकाले धेरै दिन राख्न नमिल्ने हुँदा बिग्रने र कुहिने हुन्छ भन्दै सस्तोमा बिक्री गरेको उनको भनाइ छ ।
‘तरकारी आज बिक्री भएन भनेर भालि बिक्री गरौंला भन्न मिल्दैन । त्यसले गर्दा मूल्यमा निकै असर परेको छ,’ उनले भने ।

त्यस्तै बजारमा तरकारी ढुवानीको गाडीहरुको आगमन पनि निकै कम भएको छ । सामान्य अवस्थामा दैनिक ८ सय टन बजारमा भित्रिन्थ्यो । तर, निषेधाज्ञा लागु भएसँगै ४ सयदेखि करिब ५ सय टन मात्रै आगमन भएको उनले बताए ।

उनका अनुसार तुलनात्मक रुपमा कमजोर हुँदाहुँदै पनि बिक्रीको अवस्था निकै कम भएको बताए । साथै, आगामी दिनमा अझै बजारलाई कडा गरेमा अझ बजार घट्ने र मूल्य घट्ने उनको अनुमान छ ।

यस्तो छ शुक्रबारको तरकारीको बजार मूल्य
निषेधाज्ञापश्चात बजारमा प्राय सबैखालका तरकारीको मूल्यमा गिरावट आएको छ । जसमा गत १५ गतेको तुलनामा आजको मूल्य अनुपातमा २५ प्रतिशत भन्दा कम मूल्यमा तरकारी बिक्री भएको पाइन्छ ।

सबैभन्दा बढी भान्सामा प्रयोग हुने ठूलो गोलभेडा (भारतीय) गत १६ गतेसम्ममा प्रतिकेजी औसत मूल्य ५५ रुपैयाँमा बिक्री भएको थियो । उक्त मूल्य घटेर अहिले ४५ रुपैयाँ समितिले मूल्य तोकेको छ । त्यसैगरी ठूलो गोलभेडा (नेपाली) ४५, सानो गोलभेडा (लोकल) १७ रुपैयाँ, सानो योलभेडा (टनेल) २२ रुपैयाँ, सानो गोलभेडा (भारतीय) १२ रुपैयाँ र सानो गोलभेडा (तराई) १७ रुपैयाँ मूल्य तोकेको छ ।

त्यस्तै गत १६ गते ४५ रुपैयाँ मूल्य कायम भएको रातो आलुको मूल्य आज उक्त मूल्य घटेर ३६ रुपैयाँ तोकेको छ । त्यस्तै रातो आलु (भारतीय) भने ३२ रुपैयाँ नै रहेको छ ।

त्यसैगरी, प्रति केजी औसत मूल्य ४१ रुपैयाँमा विक्रि हुने भारतीय सुकेको प्याज घटेर ३७ रुपैयाँ तोकेकोे छ ।

यस्तै, गाँजर, बन्दा, बोडी, भन्टा लाम्चो, घिउ सिमी (लोकल, हाइब्रिड), तितो करेला, लौका, परवर, लौका, घिरौला, भिण्डी, मटरकोशा, सम्पूर्ण हरियो सागपातलगायत अन्य सबै खालको तरकारीको मूल्य घटेको छ ।

फलफूलको मूल्य पनि घट्यो
निषेधाज्ञाले तरकारीको मूल्य मात्रै नभएर फलफूलको मूल्यमा पनि गिरावट आएको छ । जसमा स्याउ फुजी र अनारको मूल्यको मूल्य यथावत रहेको छ भने गत १५ गते ११५ रुपैयाँ मूल्य तोकेको केराको मूल्य आज ९५ रुपैयाँमा झरेको छ ।

त्यस्तै गत १६ गत कलकत्ते आँपको मूल्य प्रतिकेजी १३५ रहेकोमा अहिले १२५ रुपैयाँ, अंगुर २१० रुपैयाँ, हरियो तरबुजा ४५ रुपैयाँ रहेकोमा अहिले ३६ रुपैयाँ, भुई कटहर १६५ रहेकोमा अहिले १४५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ रहेकोमा अहिले ४७ रुपैयाँ रहेको छ ।

माछाको मूल्य यथावत
बजारमा अधिकांश तरकारीको मूल्य घटेपनि माछाको मूल्य भने याथवत रहेको छ । जसमा बजारमा पाइने ताजा माछा रहुको २७५ रुपैयाँ, बचुलाको २ सय ३० रुपैयाँ, छडीको २ सय २५ रुपैयाँ र मंसुरीको २ सय १५ रुपैयाँ मूल्य रहेको छ ।

५४ लाख केजी तरकारी बजारमा
सरकारले निषेधाज्ञा लागु गरेपश्चात कालीमाटी बजारमा ५४ लाख ८ हजार केजी तरकारी भित्रिएको छ । उक्त तरकारी गत १५ गतेदेखि आज (२४ गते) सम्ममा भित्रिएको समितिको समितिको तथ्याङ्कले देखाउँदछ । यस्तै, ६ लाख केजी फलफूल, ३ लाख ६३ केजी स्पाइसेस, ७३ हजार केजी माछा भित्रिएको छ । जसमा गत १५ गतेदेखि हालसम्ममा ६४ लाख ५० हजारभन्दा बढी फलफूल तथा तरकारी भित्रिएको समितिले जनाएको छ ।


क्लिकमान्डु