महिला लघुवित्तमा एक हजार लगानी गर्नेले कमाए ५० हजार, अन्य वित्तीय सूचक कस्ता ?



काठमाडौं । सेयर बजारमा लगानी गर्नेले कति कमाउलान् ? त्यो पनि १ हजाररुपैयाँ बराबरको साधारण सेयरमा लगानी गर्नेको आम्दानी कति होला ? सामान्य रुपमा अनुमान गरौ त ।

यस्तै, राम्रो कमाई गर्ने कम्पनी बनेको छ महिला लघुवित्त वित्तीय संस्था । कम्पनीको १० लाख कित्ता सेयर १५ मार्च २०२१ मा दोस्रो बजारमा सूचीकृत भएको हो । सो कम्पनीको सेयर सूचीकृत भएको दिनदेखि नै लगातार उकालो लागेर बिहीबारसम्म आइपुग्दा प्रतिकित्ता ५ हजार ३० मा पुगेको छ ।

बुधबार ४ हजार ५७३ मा कारोबार बन्द भएको सो कम्पनीको सेयर बिहीबार ९.९९ प्रतिशतले वृद्धि भइ ५ हजार ३० मा पुगेको छ । यसबाट के देखिन्छ भने १००० रुपैयाँ लगानी गर्नेले बिहिबारको कारोबारपछि झण्डै ५० हजारमाथि कमाई गरेका छन् ।

कूल चुक्ता पूँजी १० करोड बराबर रहेको छ । सो कम्पनीको कूल बजार पूँजीकरण मात्रै ५ अर्ब माथि पुगेको छ । कम्पनीको संस्थापक सेयर ६ लाख कित्ता र सर्वसाधारणको सेयर ४ लाख कित्ता बराबर रहेको छ ।

महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा ६ करोड ४२ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । उक्त नाफा गत वर्षको भन्दा २११२.५४ प्रतिशत बढी हो ।

गत वर्ष कम्पनीले ३ करोड २ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ६१.६५% र १४९.९०% बढेको विवरणमा उल्लेख छ ।

कम्पनीले गत वर्ष ९ करोड ९२ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमासमा बढाएर १६ करोड रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीले सञ्चालन नाफा पनि ३ करोड १७ लाख रुपैयाँबाट बढाएर ७ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

गत चैत मसान्तसम्म यसले ८६ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको जगेडा कोषमा १९ करोड १८ लाख रुपैयाँ रहेको छ । महिलाको खराब कर्जा पनि २.५३% बाट घटेर २.२५% झरेको देखिन्छ । कम्पनीकोे प्रतिसेयर आम्दानी ८५ रुपैयाँ ६६ पैसा रहेको छ । महिलाले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म जम्मा ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । सो कम्पनीको साधारण सेयरमा १००० लगानी गर्नेको बिहिबारको कूल आम्दानी मात्रै ५० हजार माथि पुगेको छ ।


क्लिकमान्डु