भोलिदेखि श्रम स्वीकृति दिन बन्द, पुनः श्रम स्वीकृति अनलाइनमार्फत् लिन सकिने



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको वैदेशिक रोजगार विभागले भोलिदेखि श्रम स्वीकृति दिन बन्द गर्न वैदेशिक रोजगार कार्यालयलाई निर्देशन दिएको छ ।

दोस्रो चरणको कोभिड-१९ को संक्रमणको व्यापकताको रोकथामका लागि नेपाल सरकारबाट आन्तरिक तथा अन्र्राष्ट्रिय उडान बन्द गरेकाले अन्र्राष्ट्रिय उडान शुरु नभएसम्म कार्यालयबाट भौतिक रुपमा उपस्थित भई लिइने श्रम स्वीकृती अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्न विभागले निर्देशन दिएको हो ।

तर, भौतिक रुपमा उपस्थित नभई अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिने र सेवाग्रही उपस्थित हुनुनपर्ने जस्ता कार्यहरु सिमित सेवा प्रवाहका लरुपमा निरन्तरता दिने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ । साथै, अनलाइन सेवाबारे थप जानकारीका लागि कार्यालयमा बुझ्न सकिने जनाएको छ ।


क्लिकमान्डु