सेञ्चुरी बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, विज्ञापन सहित



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, असिस्गटेन्ट अफिसर, सुपरभाइजर पदमा कर्मचारी माग गरेको हो ।

बैंकले उक्त माग गरेको पदको लागि पद अनुसार अनुभव भएको हुनुपर्ने जनाएको छ । साथै, बैंकले सो पदहरुको लागि ३० वर्षदेखि ४० वर्ष ननाघेको र कम्तिमा ३ वर्षको अवुभव भएको हुनुपर्ने जनाएको छ ।

बैंकले माग गरेको कर्मचारीले आगामी जेठ ५ गतेसम्ममा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

 


क्लिकमान्डु