यूनाइटेड इन्स्योरेन्सको सीइओमा उपासना पौडेल नियुक्त



काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा उपासना पौडेल नियुक्त भएकी छन् ।

पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत समेत भएकी छन् ।

विगत एकदशकभन्दा बढी कार्यानुभव भएको तथा दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्टमा एमबीएसम्मको अध्ययन पूरा गरेकी उनले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी छन् ।

उनले यसघि यूनाइटेड इन्स्योरेन्स कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् । उनको कार्य सम्पादनप्रति सन्तुष्ट कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।


क्लिकमान्डु