नेपालीको प्रतिव्यक्ति आम्दानी ११९१ डलर



काठमाडौं । केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७७/७८ मा नेपालीको प्रतिव्यक्ति आय ११९१ डलर पुग्ने अनुमान गरेको छ । विभागले आज सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान प्रतिवेदनमा उक्त अनुमान उल्लेख छ ।

विभागले गत आर्थिक वर्षको भन्दा प्रतिव्यक्ति आम्दानी गत आर्थिक वर्षको भन्दा ६५ अमेरिकी डलरले बढ्ने अनुमान विभागले गरेको छ । यो कुल ग्राहस्थ उत्पादनतर्फको प्रतिव्यक्ति आम्दानी हो ।

रेमिट्यान्ससमेत जोडेर हेरिने प्रतिव्यक्ति राष्ट्रिय आम्दानी भने १ हजार १९६ अमेरिकी डलर पुगेको छ । गत आर्थिक वर्ष यो आँकडा १ हजार १३९ अमेरिकी डलर बराबर थियो ।


क्लिकमान्डु