चालु आवमा आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण



काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा आर्थिक वृद्धिदर ३.९८ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तथ्यांकलाई आधार मानी विभागले यस्तो अनुमान सार्वजनिक गरेको हो । आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २.१२ प्रतिशतले ऋणात्मक र अघिल्लो आर्थिक वर्ष ६.३९ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको ७ महिनादेखि ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाहरुका आधारमा तयार पारिएको तथ्यांक अनुसार कुल ग्राहस्थ उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।


क्लिकमान्डु