कामना सेवाको ऋणपत्रलाई इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर प्रदान
काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले १० वर्ष अवधि तथा ९ प्रतिशत वार्षिक ब्याजदर भएको केएसबीबीएल डिबेञ्चर २०८७ ले इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर प्राप्त गरेको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ ।
नौ प्रतशित कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई एनपीइ०६८ ए ११०१ को आइएसआइएन प्रदान गरिएको छ ।
गत माघ २२ गते बिहीबार निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ बैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको हो ।
उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टकआदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । यसले ऋणपत्रहरुलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ्ग र फुकुवा गर्न प्रदान गरिन्छ ।