निषेधाज्ञा शुरु हुनुअघि बजारमा किनमेल गर्नेको भिड
काठमाडौं । बिहीबार विहानैदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि बजारमा किनमेल गर्नेको भिड बढेको छ ।
सोमबार राति आधिकारिक निर्णय आएपछि मंगलबार साँझ राजधानीका बजारमा किनमेलको भिड बढेको हो । न्यूरोड, असनसहितभाटभटेनी र बिगमार्ट जस्ता डिपार्टमेन्टल स्टोरमा समेत भिड बढेको छ ।
बालाजुस्थित डिपार्टमेन्टल स्टोरमा मानिसहरु लाइनमा पालो कुरेर किनमेल गरिरहेका छन् । शुरुमा वैशाक २२ गते रातिसम्म निषेधाज्ञाभनिएपनि वैशाखभरी नै निषेधाज्ञा हुने संकेत पाएपछि मानिसहरु खाद्यान्नलगायतका अत्यावश्यक सामान खरिद गर्न थालेका छन् ।
सरकारले निषेधाज्ञा अवधिमा खाद्यान्न र तरकारी पसल विहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म बन्द गर्ने निर्णय गरेको छभने भाटभटेनी जस्ता डिपार्टमेन्टल स्टोरहरु १० बजेदेखि साँझ ५ बजेसम्म खुला गर्ने निर्णय गरेको छ ।