कोभिड-१९ को सहुलियतलाई राष्ट्र बैंकले निरन्तरता दिन्छ- गभर्नर अधिकारी



काठमाडौं । कोभिड–१९ का कारण लिएको खुकुलो मौद्रिक नीतिलाई थप जोखि सिर्जना नहुने गरी निरन्तरता दिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

उनले केन्द्रीय बैकको ६६औं वार्षिक उत्सवको अवसरमा भर्चुअल माध्यमबाट मन्तव्य राख्दै दोस्रो चरणको कोभिड राहतको रुपमा निरन्तरता दिने बताएका हुन् ।

‘कोभिड-१९ ले सिर्जना गरेको असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैर-परम्परागत, लचिलो एवम् सहजीकरणसहितका नीतिगत व्यवस्थाहरूलाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्यमाथि थप जोखिम सृजना नहुने गरी निरन्तरता प्रदान गरिने छ,’ उनले भने ।

 

कोभिड १९ को संक्रमणका बीच नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भइरहेको उनको भनाइ थियो ।

सो क्रममा गभर्नर अधिकारीले समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधार क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, उर्जा, पर्यटनलगायत उत्पादनशील क्षेत्रतर्फ निर्देशित गरी आर्थिक पुनरुत्थानका लागि सहयोग गर्ने बताए ।

साथै, आगामी दिनमा वित्तीय उपकरण एवम् पूर्वाधारहरूको समयसापेक्ष विकास गरिने । विद्युतीय भुक्तानी माध्यममार्फत कारोबारहरूलाई प्रवद्र्घन गर्न र वित्तीय समावेशिता तथा वित्तीय ग्राहक संरक्षण गर्नेतर्फ प्रतिबद्ध रहेको उनको भनाइ छ ।

गभर्नर अधिकारीको मन्त्व्यको पूर्णपाठ


क्लिकमान्डु