बालबालिका बीमा लेखमा समितिले तोक्यो सीमा, अब ५० लाख रुपैयाँसम्म मात्रै



काठमाडौं । बीमा समितिले बालबालिका बीमा लेखमा सीमा निर्धारण गरेको छ । समितिले जिवन बीमा कम्पनीहरुलाई सोमबार आन्तरिक परिपत्र जारी गर्दै ५० लाख रुपैयाँभन्दा माथिको बीमा नगराउन निर्देशन दिएको हो ।

समितिले एक बर्ष अघि कास्सी जिल्लामा बच्चाको बीमा गराएर हत्या गरी बीमा दावी गरेपछि सामाजिक विकृत आएको भन्दै बालबालिका बीमा रोक लगाएको थियो । जसको एक वर्षपछि समितिले विभिन्न मापदण्ड र बीमांक रकमको सीमा निर्धारण गरी फुकुवा गरेको हो ।

बीमाकै कारणले बालबालिकाको ज्यान जोखिममा पर्ने वा सामाजिक विकृति आउन नदिन समितिले सो निर्णय लिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
‘बालबालिका बीमाको सीमा निर्धारण नहुँदा धेरै लाभ लिन सकिने बीमा लेख खरिद गरी सोको गलत प्रयोग बीमितले नगरुन भन्ने उदेश्यले सीमा निर्धारण गरिएको हो,’ उनले क्किमाण्डूसँग भने, ‘बीमा दावी भुक्तानी गर्दा समेत एकै पटक भुक्तान लिन नमिल्ने गरी मापदण्ड संसोधन गरिएको छ ।’

बालबालिकको भविष्यको सूरक्षणको लागि बीमा गराउन आवश्यक भएपनि यसले समाजमा आउने विकृतिलाई रोक्न कडाइ गरिएको उनको भनाइ छ ।
साथै, बीमा गराउन कम्पनीले बालबालिकाको बीमा गराउने प्रस्तावक कुल बीमा शुल्क भुक्तान गर्न आर्थिक रुपमा सक्षम छ कि छैन भनेर सोको मुल्यांकन गर्न समेत कम्पनीलाई निर्देशन दिएको छ ।

उनका अनुसार अबदेखी जिवन बीमा कम्पनीहरुले बालबालिका बीमा गराउँदा ५० लाख रुपैयाँसम्म बीमा गराउन सक्ने छन् । बीमा दावी गर्दा समेत बीमितको मृत्य भएको तत्काल २५ प्रतिशत भुक्तानी र बाँकी ७५ प्रतिशत मृत्यु हुँदासम्म आर्जित बोनस एक मुष्ठ बीमा अवधी समाप्ती भएपछि प्रस्तावकलाई भुक्तानी दिनु पर्नेछ ।


क्लिकमान्डु