विवाह, व्रतबन्ध तथा मलामी जाँदा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने



काठमाडौं । सरकारले विवाह, व्रतवन्ध तथा मलामी जाादा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । कोरोना महामारीको जोखिम बढ्दै जाँदा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले मेला, महोत्सव, जात्रा, पर्व, विवाह, व्रतवन्ध, धार्मिक अनुष्ठान र मलामी जस्ता धार्मिक तथा सास्कृतिक क्रियाकलपा गर्दा २५ जनाभन्दा बढी हुन नहुने र विवाह र व्रतवन्धका लागि पार्टी प्यालेस प्रयोग गर्दा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने भएमा पूर्व स्वीकृति लिनुपर्ने र २५ जनाभन्दा बढी हुन नहुने । सभा सम्मेलन, गोष्ठी तथा सेमिनार गर्दा भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको छ ।त्यसका साथै सरकारले मठ, मन्दिर, मस्जित, गुम्बा र चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी बैशाख मसान्तसम्म नित्य, पूजा ध्यान र प्रार्थना मात्रै गराउन निर्देशन दिएको छ ।

साथै एक पटकमा २५ जनाभन्दा बढी नहुने गरी कुनै पनि जम्मा हुन र दुई व्यक्तिको बीचमा २ मिटरको दुरी कायम गर्नुपर्ने र पटक–पटक साबुन पानीले हात हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।


क्लिकमान्डु