कोरोनाका बिरामीको उपचार गर्न सरकारले अस्पताललाई दैनिक २ देखि १५ हजारसम्म खर्च दिने



काठमाडौं । सरकारले कोरोना संक्रमितलाई आइसोलेसनमा राख्न र सूचिकृत अस्पतालले उपचार गराए वापत त्यस बराबरको रकम उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सूचिकृत अस्पतालले संक्रमितको उपचार गराए वापत दैनिक पाउने शुल्क निर्धारण गरेको हो ।

जस अनुसार सरकारले संस्थागत आइसोलेसनका लागि लागि दैनिक प्रतिव्यक्ति २ हजार रुपैयाँ, अस्पतालको आइसोलेसनमा प्रतिव्यक्ति दैनिक ३ हजार ५ सय रुपैयाँका दरले खर्च उपलब्ध गराउने छ

त्यसका साथै मध्यम जटिल उपचारका लागि सरकारले प्रतिव्यक्ति दैनिक ७ हजार रुपैयाँ र गम्भीर बिरामीको उपचारका लागि आइसीयू र भेन्टिलेटरमा उपचारका लागि दैनिक १५ हजार रुपैयाँका दरले भुक्तानी गर्ने निर्णय गरेको छ ।

यसका लागि प्रत्येक महिनाको पहिलो हप्तामा सोधभर्नाको उपचार वापतको रकम भुक्तानी गर्ने समेत निर्णय गरेको छ ।


क्लिकमान्डु