सवारी साधनमा सिटभन्दा बढी यात्रु राख्न नपाइने, मास्क नहुनेलाई रू. १० लिएर मास्क दिनुपर्ने



काठमाडौं । कोरोना महामारीको दोस्रो लहरको जोखिम बढेसँगै सरकारको सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता पार्वत गुरुङले सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, मास्क अनिवार्य गराउने र सवारी साधनको ढोकामा र भित्र सेनिटाइजको व्यवस्था गर्नुपर्ने । चालक र सह चालकले मास्क लगाउनुपर्ने, सवारी साधनलाई दैनिकरुपमा सेनिटाइज गराउनुपर्ने जानकारी दिए ।

यदि कुनै यात्रुसँग मास्क नभएमा चालक वा सह चालकले बढीमा १० रुपैयाँ लिइ मास्क उपलब्ध गराउनुपर्ने छ । र, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने समेत निर्देशन दिएको छ ।

त्यसका साथै लामो दूरीका सवारी साधनमा बीच बाटोबाट यात्रु बोक्न नपाउने भनेको छ । र, यात्रुको विवरण डीसीसीसीएमसीलाई उपलब्ध गराउनुपर्ने छ ।

हवाई यात्रुमा मास्क र सेनिटाइज अनिवार्य गराउनुपर्ने, विमानभित्र मास्क र सेनिटाइज अनिवार्य गराउने । विमान उडान अघि र पछि अनिवार्य सेनिटाइज गर्नुपर्ने निर्णय गरेको छ । त्यसका साथै चेक इन प्रतिक्षालय, बोर्डिङ पास लिने र प्रतिक्षालयमा जनस्वास्थ्यका मापदण्ड लागू गर्नुपर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैशाख मसान्तसम्म विद्यालय बन्द गराउने र अनलाइनमाध्यमबाट अध्यापन गराउनु पर्ने बताएको छ ।

-सरकारले मठ, मन्दिर, मस्जित, गुम्बा र चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी बैशाख मसान्तसम्म नित्य, पूजा ध्यान र प्रार्थना मात्रै गराउने ।

-एक पटकमा २५ जनाभन्दा बढी नहुने गरी कुनै पनि जम्मा हुने । दुई व्यक्तिको बीचमा २ मिटरको दुरी कायम गर्नुपर्ने र पटक-पटक साबुन पानीले हात हुने व्यवस्था मिलाउने ।

-मेला, महोत्सव, जात्रा, पर्व, विवाह, व्रतवन्ध, धार्मिक अनुष्ठान र मलामी जस्ता धार्मिक तथा सास्कृतिक क्रियाकलपा गर्दा २५ जनाभन्दा बढी हुन नहुने र विवाह र व्रतवन्धका लागि पार्टी प्यालेस प्रयोग गर्दा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने भएमा पूर्व स्वीकृति लिनुपर्ने र २५ जनाभन्दा बढी हुन नहुने । सभा सम्मेलन, गोष्ठी तथा सेमिनार गर्दा भर्चुअल माध्यमबाट गर्ने ।


क्लिकमान्डु