कोरोना प्रभावित भएको भन्दै ९३ होटलले लिए साढे १२ अर्ब बढी पुनरकर्जा, कुनले कति ?



काठमाडौं । कोरोना महामारीका कारण अतिप्रभावित क्षेत्रमध्ये होटल क्षेत्र पनि एक हो । गत वर्ष चैत ११ गतेदेखि शुरु भएको लकडाउन ५ महिनामा खुले पनि कैयन होटलहरु अझैसम्म पनि खुल्न सकेका छैनन् । साथै कैयन होटलहरु अहिले खुल्ने हुन् निश्चित छैन ।

अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा शुरुमा विदेशी पर्यटक आउन सकेनन भने अहिले पनि विदेशी पर्यटक आउनका लागि अवस्था सहज छैन । जबसम्म विदेशी पर्यटक आउने अवस्था सामान्य बन्दैन तबसम्म होटल क्षेत्र सहजरुपमा सञ्चालन हुन नसक्ने अवस्था छ ।

त्यसैले होटलहरुले कर्मचारीहरुलाई स्वेच्छिक अवकासको योजना समेत अघि सारेका छन् । जसले गर्दा होटलमा कार्यरत हजारौं कर्मचारीहरुले स्वेच्छिक अवसकास समेत लिइसकेको अवस्था छ ।

जानकारहरुका अनुसार होटल क्षेत्र कोरोना पूर्वको अवस्थामा आउन अझै लामो समय लाग्ने देखिएको छ । सन् २०२२ मा मात्रै पूर्ववत अवस्थामा आउन सक्ने धरैको आँकलन छ ।

नेपालमा सञ्चालित अधिकांश तारे होटलहरु विदेशी पर्यटकको भरमा मात्रै सञ्चालित छन् । पर्यटन नआएको अवस्थामा होटल सञ्चालन गर्नुभन्दा बन्द गर्दा नै घाटा कम हुने भन्दै केही होटलहरु अझै खुलेका छैनन् ।

दरबारमार्गस्थित होटल डेल अन्नपूर्ण त अनिश्चितकालका लागि बन्द भइसकेको छ ।

होटल सञ्चालन गर्दा कम्तीमा ४० प्रतिशत अकुपेन्सी भयो भने मात्रै होटल ब्रेकइभनमा जान्छ । त्योभन्दा कम अकुपेन्सी भयो भने होटले खर्च धान्न नसक्ने अवस्था आउँछ । त्यसैले होटल सञ्चालकहरु यस्तो अवस्थामा होटल बन्द गर्न बाध्य भएका छन् ।

तर यसबीचमा सरकारले कोरोनाबाट प्रभावितहरुलाई पुनरकर्जा उपलब्ध गराएकोमा सबैभन्दा बढी ३७.९६ प्रतिशत पुनरकर्जा भने होटल क्षेत्रमै प्रवाह भएको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन मसान्तसम्म कुल ९३ वटा होटलले १२ अर्ब ५४ करोड ८० लाख रुपैयाँ पुनरकर्जा लिएका छन् ।

जसमध्ये होटलहरुले न्यूनतम २ करोड ५४ लाख रुपैयाँदेखि अधिकतम २० करोड रुपैयाँसम्म पुनरकर्जा लिएका छन् । साथै ३० वटा होटलले अधिकतम २० करोड रुपैयाँ पुनरकर्जा लिएका छन् ।

उनीहरुले उक्त पुनरकर्जा कर्मचारीको तलब तथा पारिश्रमिक, व्यापार निरन्तरतालगायतमा खर्च गर्न पाउने व्यवस्था छ । यस्तो पुनरकर्जाको ब्याजदर ५ ् प्रतिशत मात्रै तिर्नुपर्छ ।

कुन होटलले कति लिए पुनरकर्जा ?

स्रोतः नेपाल राष्ट्र बैंक


क्लिकमान्डु