भन्सार एजेन्टको लिखित परीक्षा जेठ २२ गते हुने



काठमाडौं । भन्सार विभागले करिब २० वर्ष पछि खुलाएको भन्सार एजेन्टको इजाजतपत्र (लाइसेन्स) को लिखित परीक्षा आगामी जेठ २२ हुने भएको छ ।

भन्सार विभागले आज एक सुचना जारी गर्दै भन्सार एजेन्ट छनौटको लागि लिखित परिक्षा आगामी जेठ २२ गते दिउँसो १ बजे हुने जनाएको छ ।

विभागले भन्सार एजेन्टका लागि गत चैत १६ गते आवेदन दिन आह्वान गरेको थियो ।

सोही अनुसार भन्सार एजेन्टका लागि आवेदनको उल्लखेनीय सहभागी रहेको विभागले जनाएको छ । आगामी परीक्षामा परीक्षार्थीले नेपाल सरकारले तोकेको सुरक्षा सम्बन्धि मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने जनाएको छ ।


क्लिकमान्डु