सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो



काठमाडौं । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

आइताबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार ३ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइताबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको थियो भने सोमबार ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ थियो भने सोमबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु