१ करोड बढीको बिगो दावीसहित ५ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । राजस्व छली गर्ने ५ जनाविरुद्ध १ करोड बढीको बिगो दावीसहित राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ ।

धनुषा देवपुरा रुपैठा घर भइ हाल काठमाडौं बस्ने जय पशुपति इम्पेक्स फर्मका प्रोप्राइटर रेखादेवी दास समेत ५ जनाविरुद्ध १ करोड १३ लाख ५ हजार ५१४ रुपैयाँको बिगो दावीसहित राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

दास समेत भन्सार प्रतिनिधि सुरेन्द्र बहादुर श्रेष्ठले आपसी मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोतल लोड गरी सो बोतलमाथि त्रिपालले छोपी लुकाई छिपाइ लिइ आएको पोतेको भन्सार तिरेको निस्सा तथा कागजातहरु माग गर्दा पेश गर्न नसकेकाले राजस्व छलीको आरोपमा विभागले मुद्दा दर्ता गरेको हो ।


क्लिकमान्डु