सुपारी, केराउ, छोकडा र मरिचको कोटा वितरण स्थगित



काठमाडौं । सरकारले एक वर्ष अधि आयातमा बन्देज लगाउँदै आएको केराउ, सुपारी छोकडा र नधुलाएको मरिचका लागि गत चैत्र ९ गते राजपत्रमा सूचना प्रकाशन गरेर बन्देज हटाइएको थियो । तर, सूचना प्रकाशित भएको करिब एक महिना नपुग्दै सुपारी, केरो, छोकडा र मरिचको कोटा वितरणमा स्थगित गरेको छ ।

वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले आज एक सुचना जारी गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मिति २०७७ चैत्र ९ गते नेपाल राजपत्र खण्ड ७० संख्या ४७ भाग ५ मा प्रकाशित सुचना अनुसार विभागबाट भइरहेको केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिचको पैठारीको कोटा वितरण कार्य हाललाई स्थगित गरिएको विभागको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले करिब एक महिना अघि निकासी पैठरी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठरीमा बन्देज लगाएको थियो । तर, विभिन्न क्षेत्रका व्यवसायीको चर्को आलोचनापश्चात कोटा वितरणमा स्थगित गरेको विभागले जनाएको छ ।

विभागका प्रवक्ता शिवराज शेडार्इंका अनुसार उक्त चार वस्तु आयातको लागि दुई चार दिनको लागि कोटा स्थिगित गरेको बताए । विगतको दिनमा पैठारी इजाजत लिएका व्यवसायी तथा आयातकर्ताहरूले के–के कार्य अगाडि बढाएको त्यसको बारेमा अध्ययनको लागि कोटा स्थगित गरेको उनको भनाइ छ । अबका दिनमा विभागले कोटा पनि नलिने र इजाजत पनि नदिने भएको उनले बताए ।


क्लिकमान्डु