३० करोड भ्याट छली गर्ने दुई फर्मविरुद्ध राजश्व अनुसन्धानको मुद्दा



काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छली गरेको अभियोगमा दुई वटा फर्मका सञ्चालक विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले ती फर्म विरुद्ध ३० करोड २८ लाख २ हजार ५७३ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ । विभागले ती फर्म सञ्चालकको बैंक खाता सञ्चालकलाई जरिवाना र कैद मागदावी गर्दै गत चैत २५ र २६ गते मुद्दा दायर गरेको हो ।

न्यू राहुल मोबाइल सेन्टर हेटौडाका सञ्चालक काजल केशरीले १२ करोड ३५ लाख २५ हजार २२ बराबरकोे बिगो दावी गर्दै मुद्दा दायर गरिएको छ ।

यस्तै, नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली गरेका वीरगञ्ज महानगरपालिका १२ को व्याहुत ट्रेडर्सका प्रोपाइटर अनिलकुुमार कलवार विरुद्ध १७ करोड ९२ लाख ७७ हजार ५५१ बराबरको बिगो दावी गरिएको छ । उनीहरुले विजक जारी नगरी कानुन विपरित छुट्टै खाता सञ्चालन गरेको, कारोबारलाई नदेखाई गर्नुपर्ने भन्दा घटी कारोबार गरेको पाइएको छ ।

विभागले काजल केशरी विरुद्ध उच्च अदालत पाटनको हेटौडा इजलाश र कलवार विरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरिएको हो ।


क्लिकमान्डु