नेपालले निर्यातजन्य उद्योगमा लगानी बढाएर सवा २ लाख रोजगारी सिर्जना गर्न सक्छः विश्व बैंक



काठमाडौं । नेपालले निर्यातजन्य उद्योगमा लगानी बढाएर सवा २ लाख थप रोजगारी सिर्जना गर्न सक्ने विश्व बैंकले बताएको छ ।

सोमबार नेपाल डेभलपमेन्ट अपटेड सार्वजनिक गर्दै विश्व बैंकले नेपालले ९ अर्ब डलर बराबरको निर्यातको सम्भावना उपयोग गर्न नसकेको बताएको छ ।

त्यसका साथै नेपाले निर्यातबाट थप रोजगारी सिर्जना गर्न र थप विदेशी मुद्रा आर्जन गर्ने सम्भावना रहेको बताएको छ ।

जसमा नेपालले निर्यातजन्य उद्योगमा लगानी बढाउने हो भने थप २ लाख २३ हजार रोजगारी सिर्जना गर्न सक्नेछ । जसमा १ लाख ५७ हजार रोजगारी कृषि क्षेत्रमा र ६६ हजार रोजगारी उत्पादनमूलक क्षेत्रमा सिर्जना गर्न सक्छ ।

विश्व बैंकले ६ वटा मुख्य क्षेत्रमा लगानी बढाउन सक्ने र यसबाट आर्थिक विकास गर्न सक्ने बनाएको छ ।

जसमा पर्यटन क्षेत्रलाई रिफर्म गरेर छिट्टै रिकभरी गर्न सक्छ । जसमा निजी क्षेत्रसँगको सहकार्यमा ग्रीन टुरिजम विकास गर्न सक्छ । त्यसैगरी विदेशी लगानी बढाउन सक्ने बताएको छ ।

त्यसैगरी विदेशी लगानी ल्याउनका लाग थ्रेसहोल्डहरु कम गरी, भन्सार दर घटाएर निर्यात बढाउन सकिने बताएको छ । त्यसबाहेक ट्रेड कस्ट पनि घटाउनु पर्ने र पूर्वाधारमा लगानी बढाउनु पर्ने विश्व बैंकको भनाइ छ । त्यसबाहेक डिजिटल ट्रेड र इकमर्सलाई बढावा दिएर पनि विकास गर्न सकिने विश्व बैंकको भनाइ छ । यसका लागि कनेक्टिभिटी, पेमेन्ट गेटवेमा बढावा दिनुपर्ने बैंकको भनाइ छ ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७६/७७ मा १.९ प्रतिशतले नकारात्मक भए पनि चालु आवमा २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ भने मुद्रास्फिती तीन वर्षकै सबैभन्दा कम ३.७ प्रतिशत भए पनि चालु आवमा ५ प्रतिशत कायम हुने प्रक्षेपण विश्व बैंकको छ ।

त्यसैगरी कृषि क्षेत्रको वृद्धिदर २.२ प्रतिशतले कमी आएको छ । त्यसैगरी निजी क्षेत्र वृद्धिदर पनि १२.४ प्रतिशतमा सीमित भएको छ । जबकी सन् २०१९ मा यो १९.३ प्रतिशत थियो ।

केन्द्रीय बैंकले सीसीडी रेसियो ८० बाट बढाएर ८५ पुर्याएकाले तरलता बढेको र यसले ब्याजदर घटाएको पनि उल्लेख छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले सरकार यतिबेला आगामी वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा रहेको र विश्व बैंकको प्रतिवेदनलाई अध्ययन गरी सोही अनुसार बजेट निर्माण गर्ने बताए । उनले कोरोनाबाट प्रभावित अर्थतन्त्र रिकभरीमा बजेट केन्द्रित हुने बताए ।


क्लिकमान्डु