अत्यावश्यक बाहेकका वस्तु आयात नगर्न प्रधानमन्त्रीको सुझाव



। व्यापारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेका वस्तु आयात नगर्न सुझाव दिएका छन् ।

बिहीबार नेपाल चेम्बर अफ कमर्शको ७० औं साधारणसभामा प्रधानमन्त्री ओलीले व्यापार घाटा कम गर्न तथा विदेशी मुद्राको सन्चिती बढाउनका लागि उपभोग्य वस्तु बाहेको आयात गर्न नहुँने बताए ।

‘हामीलाई अत्यावश्यक पर्ने वस्तु पेट्रोलियम पदार्थ आयात गर्न पर्यो,नुन ल्याउन पर्यो, यस्ता अत्यावश्यक बाहेका वस्तु आयात गर्न भएन उपभोग पनि गर्न भएन,’प्रधानमन्त्री ओलीले व्यवसायीहरुसँग भने ।

प्रधानमन्त्री ओलीले देश बनाउनको लागि आफु लागेको तर,काम गर्न नदिएको कुरा बताएका छन् ।

‘अघिल्लो पटक देश बनाउने अभियान सुरु हुँदा मलाई कुर्चीबाट हटाए,यो पटकपनि कहिले ब्रेक लगाउने काम गरे,’प्रधानमन्त्री ओलीले थपे । उनले सहायक ड्राइभरलेले आफै ड्राइभिङ सिटमा बस्न आउदा समस्या भएको भन्दै प्रचण्ड र माधव नेपालको आलोचना समेत गरे ।

प्रधानमन्त्री ओलीले कोभिड १९ को कारण पर्यटन क्षेत्र प्रभावित भएपनि अन्य क्षेत्र नभएको हुँदा नेपालको अर्थतन्त्रमा ठूलो धक्का नपरेको बताए ।

‘पर्यटन तथा होटेल क्षेत्र प्रभावित भएको छ,अर्थतन्त्रमा त्यती ठूलो असर परेको छैन,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ निकै सक्रिय रहेको हुँदा चेम्बरलाई देशभर चिनाएको भन्दै अब आउने अध्यक्षलाई समेत उनीभन्दा बढी सक्रिय हुन सुझाव दिए ।

नेपालको पुरानो व्यवसायिक संस्थाको चेम्बरको ७० औं साधारणसभाले अध्यक्ष पदमा राजेन्द्र मल्ललाई निर्वाचित गर्ने छ । साधारणसभाले राजेन्द्र मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्ने छ ।


क्लिकमान्डु