फोर्ब्सः विश्वको सबैभन्दा धनी जेफ बेजोस, बिनोद चौधरी २१४१औं स्थानमा



काठमाडौं । विश्वका धनीहरुको सूचि सार्वजनिक गर्ने फोर्ब्सले नयाँ सूचि सार्वजनिक गरेको छ । जसमा सबैभन्दा धनी व्यक्ति फेरि पनि जेफ बेजोस देखिएका छन् । उनको कुल सम्पत्ति १७७ बिलियन डलर छ ।

त्यसैगरी दोस्रो स्थानमा एलन मस्क छन् । उनको सम्पत्ति १५१ बिलियन डलर, तेस्रो स्थनमा बर्नाड आरनल्ट एन्ड फ्यामिलीको १५० बिलियन डलर, बिल गेट्सको सम्पत्ति १२४ बिलियन डलर र मार्क जुकरवर्गको सम्पत्ति ९७ बिलियन डलर छ ।

त्यसैगरी फोर्ब्समा सूचिकृत नेपालका एक मात्र अर्बपति व्यवसायी बिनोद चौधरी २१४१ स्थानमा छन् । उनको कुल सम्पत्ति १.४ बिलियन डलर छ ।

चौधरीको सबैभन्दा ठूलो लगानी नबिल बैंक र सीजी फुड्समा छ । उनको सीजी फुड्सबाट विश्व प्रसिद्ध वाइवाइ चाउचाउ उत्पादन हुन्छ । वाइवाइ भारत, साइबेरिया र बंगलादेशमा उत्पादन हुन्छ भने निकट भविष्यमै इजिप्टमा पनि उत्पादन शुरु हुँदैछ । त्यसैगरी चौधरीको स्वामित्वमा सीजी होटल अन्तर्गत १३५ वटा कम्पनीहरु सञ्चालन छन् ।


क्लिकमान्डु