नेपाल फाइनान्सले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा शाखा खोल्यो



पोखरा । नेपाल फाइनान्सले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा शाखा खोलेको छ । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकको भुर्जुङ्गखोलामा संस्थाका संचालक समिति अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले गरे ।

नेपाल फाइनान्स निजी क्षेत्रबाट स्थापित भएको सबैभन्दा पुरानो फाइनान्स कम्पनी हो । फाइनान्सको शाखा संख्या ६ पुगेको छ ।

जनकपुरको धनुषाधाम र मकवानपुरको हेटौडामा शाखा कार्यालय र काठमाडौको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टर समेत यसै आर्थिक वर्षमा ल्याउने तयारी गरेको छ ।

संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतमको संचालन, संचालक दिप्रश शाक्यको स्वागत मन्तब्य र संचालक समिति अध्यक्ष हिरेन्द्रमान प्रधानको अध्यक्षता रहेको उक्त कार्यक्रममा माछापुच्छ्रे गा.पा. वडा नं. २ का वडा अध्यक्ष बिक्रम गुरुङ्ग, माछापुच्छ्रे माध्यमिक विद्यालयका प्राचार्य सन्तोष आचार्य लगायतका व्यक्ति सहभागी थिए ।

यस्तै प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा फाइनान्सका आधारभुत लगानीकर्ता राजेन्द्र शाक्य समेत उ्घाटन समारोहमा उपस्थित थिए ।


क्लिकमान्डु