दक्षिण कोरियामा रहेका श्रमिकको ६ महिना म्याद थप्ने



काठमाडौं । युवाहरुको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा वैदेशिक रोजगारीको क्रममा पुगेको श्रमिकहरूको राहदानीको म्याद ६ महिना थप्ने भएको छ ।

दक्षिण कोरियाका लागि नेपाली राजदूतावासले एक सूचना जारी गर्दै कोरियाको परराष्ट्र मन्त्रालयले २०२१ जलाई १ गतेबाट लागू हुने गरी ६ महिना म्याद थपिएको जनाएको छ ।

‘कोरियाको परराष्ट्र मन्त्रालयमार्फत् मन्त्रालयको यस राजदूतावासलाई प्राप्त पत्रअनुसार २०२१ जुलाई १ गतेदेखि लागू हुने बस्ने अवधि बढाउन सकिने भनि जानकारी गराएको छ,’ जारी सूचनामा उल्लेख छ ।

राजदूतावासको अनुसार यदि कुनै व्यक्तिको बसाइ अवधि नियमानुसार दुई वर्ष थप्न सकिने भए पनि राहदानीको म्याद ६ महिना मात्र बाँकी रहेमा निजको बसाई अवधि ६ महिना मात्र थपिने सूचनामा उल्लेख गरेको छ ।


क्लिकमान्डु