यामाहाको फ्रिडम इनिसिएटेड योजना



काठमाडौं । यामाहा नेपालले नयाँवर्ष २०७८ को लागि आफ्नो प्रवद्र्धनात्मक फ्रिडम इनिसिएटेड (एफआई) नयाँवर्ष २०७८ योजना अघि ल्याएको छ ।

नवउत्सवलाई रोमाञ्चक एवं बृहत् बनाउँदै यामाहा नेपालले प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कार वापत् २० लाख ७८ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साथै स्क्य्राच कार्ड मार्फत् उपभोक्ताले २.०७८ लाख रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात पार्न सक्नेछन् ।

ग्राहकवर्गहरुलाई थप सुविधादिने उदेश्यका साथ यामाहा नेपालले उत्कृष्ट वित्तीय योजनापनि प्रस्तुत गरेको छ । जस अनुसार मोटर साइकलतथा स्कूटरहरु ० प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून इएमआई सुविधाका साथ पाउन सकिन्छ ।

नयाँ वर्षका प्रवद्र्धनात्मक योजनाका बारेमा जानकारी दिंदै यामाहा नेपालको सीइओ चिरञ्जिविले शाह भने, ‘कोभिडले हामी सबैलाई २०७७ अत्यन्त कठिन तथा संकुचित बातावरण बनाई दिएको थियो । बितेको त्यो वर्षको कटु अनुभवलाई थाँती राखी हामी अब आउँने नयाँ वर्ष २०७८मा उत्साह र खुशीयाली लिएर आउने अपेक्षा गरेका छौं । सोही अपेक्षालाई दृष्टिगत गरेर हामीले जुन योजना अघि सारिरहेका छौं । त्यसले हाम्राआदरणीय ग्राहकहरुमा थप खुशीयाली ल्याउने तथा वर्ष २०७८ मा स्वतन्त्रताको पहललाई नेतृत्वगर्ने अपेक्षा गरेका छौं । हाम्रासवारी साधनका दायराहरु आधुनिकरण गर्दै, एफआई प्रविधि जडित छन् । हामीले ग्राहकहरुलाई हाम्रा विविध उत्पादनहरुको माध्यमबाट प्रदानगर्न चाहेको अद्भूत अनुभव भनेको नै त्यही हो । हाम्रा उत्पादन तथा उपहार योजनाबाट धेरै भन्दा धेरै ग्राहकहरुले फाईदा लिनहुने छ भन्ने हामीलाई विश्वास छ ।’

यामाहा नेपालमा फ्युलइन्जेक्टेड मोटर साइकल र फ्युलइन्जेक्टेड स्कूटरहररु उपलब्ध गराउने पहिलो ब्राण्ड बन्दै अत्याधुनिक प्रविधियुक्त २ पाँग्रे सवारी साधनहरुको बजारमा अग्रणी रहँदै आएको छ ।


पुष्प दुलाल