मोदीको आडमा भारतमा आसेपासे पूँजीवाद: फि तिर्न नसकेर पढाइ छाडेका अडानी ६३ खर्बका मालिक बने



काठमाडौं । संसारभर भारतले आफूलाई परिचय दिँदा लोकतन्त्रको खास नमूना भएको देश बताउँछ । आर्थिक वृद्धिको गतिमा अगाडि बढीरहेको र पछिल्ला दिनमा अर्बपतिहरु जन्माइरहेको दावी पनि गर्दछ ।

तर, आलोचकहरुका अनुसार भारतको राज्यसत्ता हुनेखानेहरुका लागि मात्रै छ, गरिखानेहरुका लागि विल्कुल छैन ।

नवउदारवादको चेहरा सफेद छ । तर, भित्रभित्रै यसले मानिसलाई कसरी सिध्याइदिन्छ, राजनीतिक प्रणालीलाई कसरी कब्जामा लिन्छ । र, कसरी राज्ययन्त्र दुरुपयोग गर्छ भन्ने पनि भारतका केही व्यापारीको सरकारसँगको सम्बन्धले देखाएको छ ।

भारतको राज्यसत्ता धिरुभाई अम्बानीको लिगेसीमा चल्छ, अर्थात् मुकेश अम्बानी, गौतम अडानीजस्ता व्यापारीको हितका खातिर चल्छ । विशेषतः पछिल्ला दिनमा आसेपासे पूँजीवाद असाध्यै ठूलो मात्रामा विस्तारित भएको छ ।

गुजरातका अडानी सन् २०१४ देखि उदाए । किनकी, सोही राज्यका मुुख्यमन्त्रीसमेत रहेका नरेन्द्र मोदी संघीय भारतको कार्यकारी प्रमुख भएपछि अनाडीका सुखका दिन शुरु भए । तथ्य र प्रमाणहरु भन्छन्- ‘अडानी पछिल्लो ७ वर्षदेखि शिखरमा छन् । मोदीको प्रिय भएकै कारणले उनको व्यवसायमा सुखदयामहरु आइरहेका छन् ।’

सत्ताको दुरुपयोग गरेर ३ भारतीय व्यापारीले यसरी कब्जा गरे दक्षिण अफ्रिकाको स्रोत, साधन

खासमा कोही पनि असफल मानिसका लागि आम मानिसको नजर जाँदैन । जो सफल हुन्छ उसैको पछाडि नै आम मानिसको नजर रहन्छ । हरेक दिन त्यस्ता मानिसका लागि नयाँ–नयाँ घाम उदाउँछ । खासमा मानिसका चासो पनि उनीहरुको लागि नै रहन्छ ।

गौतम अडानीको जन्म निम्न मध्यम वर्गीय परिवारमा भएको हो । घरको अवस्था असाध्यै खराब भएपछि उनले बीचमै पढाई छाड्नुपरेको थियो । आज उनी संसारका चुनिएका एक सय बढी अर्बपतिको सूचीमा परेका छन् । उनी एक सफल व्यवसायीका रुपमा परिचित भएका छन् । खासमा उनको दिन शुरु भएकै मोदीको उदयपछि नै हो । प्रधानमन्त्री मोदीलाई उनैले आफनो जहाजमा राखेर दिल्ली उतारे ।

अनाडी र मोदीबीचको सम्बन्ध खास रहेको भारतीय सञ्चारमाध्यमहरुको दावी छ ।

आजको संस्थापन भारतीय मिडियाले उनको बारेमा असाध्यै राम्रा-राम्रा समाचार सार्वजनिक गर्दै सफल व्यवसायीको नाम दिएका छन् । उनले मुकेश अम्बानीलाई पनि छिट्टै पछाडि पार्ने दावी पनि आइरहेको छ । किनकी भारतीय सञ्चारमाध्यम, उद्योग व्यवसाय खासमा सत्ता र शक्तिको आडमा चल्छ । यो नयाँ पनि होइन ।

विगतमा जिन्दलहरुले राज्य चलाउँथे । कुनै समय जिएमआरहरु पनि उत्तिकै बलशाली भएका थिए । अहिले गौतम अडानी छन्, फरक त के भयो र ? विगत र वर्तमान सँधै, व्यापारिक स्वार्थ र शक्तिका पछाडि नै दौडन्छ । व्यवसाय र राजनीतिको अन्तरसम्बन्ध यसरी फराकिलो भएको छ, कि त्यसले जे चाहन्छ, त्यही गर्न सक्ने अवस्था छ ।

भारतीय सञ्चारमाध्यमहरु भन्छन्– गौतमले आफ्नै वर्कतमा शक्ति आर्जन गरेका हुन् । उनको सफलता यतिधेरै सहज तरिकाले प्राप्त भएको होइन ।

सन् १९६२ जुन २४ मा जन्मिएका अडानी अहमदावादको गुजराती परिवारमा भएको हो । आफना सात भाई तथा बहिनीका दाजु अडानीका पिता जीविका चलाउनका लागि गुजरातको उत्तरी क्षेत्रमा आएर बसे ।

अडानी भन्छन्- आज मेरा साथमा ४ वटा हेलिकोप्टर छ । गुजरात सरकारलाई आवश्यक पर्दा समेत उनैलाई गुहार्छन् । गुजरातका मुख्यमन्त्री समेत अडानीलाई नै शक्तिको स्रोत मान्ने गरेको भारतीयहरु आलोचकहरुको दावी छ ।

कूल ५३.७ बिलियन डलर अर्थात् ६३ खर्ब नेपाली रुपैयाँका मालिक अडानी भारतीय अर्बपतिको सूचीमा दोस्रो नम्बरमा छन् । मोदी सरकारले उनलाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलदेखि अन्य केही विमानस्थलको व्यवस्थापन गर्ने जिम्मेवारी समेत दिएको छ ।

कम्युनिष्ट सरकार र क्रोनी क्यापिटालिज्मको क्यान्सरः डा. बाबुराम भट्टराईको लेख

जहाँसम्म मोदीको सवाल आउँछ, तब उनले हेलिकोप्टर प्रयोग गर्दा समेत कुनै शुल्क लाग्दैन । हेलिकोप्टर प्रयोगसमेत निःशुल्क नै गर्न पाउँछन् । किनकी मोदकिा लागि अडानी जे सुकै पनि गर्न तयार छन् । मोदी पनि उनलाई गुन तिर्न उत्तिकै लालायित देखिन्छन् । सोही कारण आसेपासे पूँजीवाद राम्रैगरी फैलिएको छ । किनकी शक्ति र पैसाको सम्बन्ध अन्यायोस्रित छ । जुन मोदी र अडानीका हकमा लागू भएको देखिन्छ ।

कुरा सन् १९८० को दशकको हो । सो समय अडानी आफनो अहमदाबाद शहरमा आफनो बालककालका साथी मलय महादेवियाको स्कुटरको पछाडि बसेर आएका थिए । उक्त दोस्तीको पछाडि एक खास कारण थियो, महादेवियाको असाध्यै राम्रो अग्रेजी थियो, अडानीको भने कमजोर थियो । पछाडि उनै महादेविया उनको व्यवसायीक पार्टनर नै बन्न पुगे । आज अडानी भारतको चुनिएका उद्योगपतिका रुपमा प्रतिष्ठा बनाएका छन् ।

अरु भने दोस्रो तथा तेस्रो पुस्तामा व्यवसाय चलाइरहेका छन् । जिन्दल, अम्बनीहरु आफनो पिताको विरासत धानीरहेका छन् । तर, अडानी भने शक्तिको नजिक रहेर नै आफनो प्रयासमा नै अर्बपति भएका छन् । उनको मेहनत पनि त्यसमा जोडिएको छ । किनकी आफ्नै बलबुतामा अर्बपति बन्नु आम मानिसका लागि त्यति सहज भने छैन । असाध्यै खराब हालत भएपछि उनको पिताले अहमदावादको पोल क्षेत्रमा सामान्य काम गरेर बसेका थिए । उनकै छोरा आज व्यवसायको दुनियामा चुनिएका र चिनेजानेका व्यवसायीलाई राम्रै टक्कर दिइरहेका छन् । भारतीय सञ्चारमाध्यमको दावीलाई पत्याउने हो भने एकाध वर्षमा उनले सहजै मुकेश अम्बानीलाई धेरै पछाडि छाड्नेछन् ।

भाजपा नेतृत्वको सरकार पनि खासमा त्यही चाहन्छ । कतिपय सवालमा अम्बानीले अटेर गरेको भाजपालाई लागेको छ । आफूलाई हर हालतमा सहयोग गर्नेलाई माथि उठाउनु नै आफूहरुको खास मक्सद रहेको उनीहरुको व्यवहारबाट पनि प्रष्ट हुन्छ ।

चालु आर्थिक वर्षको बजेटमा मोदी सरकारले अगाडि सारेका केही निजीकरणका योजनाका पछाडि उनै अडानीहरुको हात रहेको समेत आलोचकहरुको टिप्पणी छ । सरकारी संस्थान र निकाय बलिया हुँदा व्यवसाय विस्तार गर्न सकिदैन भन्ने भारतीय ठुला व्यापारीलाई लागेको छ । भाजपाभित्र हेर्दा झण्डै झण्डै ४८ प्रतिशत हिस्सा ठूला व्यापारीको नै रहेको छ । किनकी, राज्यशक्तिको स्रोतमाथि नै कब्जा जमाउने उनीहरुको सोच त्यसमा पनि मिल्छ । अडानीहरुले सोही पक्षको वकालत गरिरहेका छन् ।

यी हुन् प्रधानमन्त्री ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्ने २०० व्यवसायी (नामावलीसहित)

कारण र तथ्यहरु जे जस्ता भएपनि आम मानिसलाई मूर्ख बनाएर, विचार र वादको नाम देखाएर मानिसलाई मुर्ख बनाउन राजनीतिक पार्टी परिचालित छन् । भाजपाले त व्यवसायीकै पक्षमा काम गरिरहेका छन् । पश्चिम बंगालमा निर्वाचन हुन लागेको छ । त्यहाँका उम्मेदवार हेर्ने हो भने अधिकाशं व्यापारी नै रहेका छन् । यसबाट पनि देखिन्छ, राजनीतिक दल र पार्टीमा कसरी आसेपासे पूँजीवाद हावी भइरहेको छ ।

आजका दिनमा अडानीको कोइला व्यापार, खानी उत्खनन्, इन्धन, तेल एवम् ग्यास वितरण, बन्दरगाह मल्टी मोडल लजिस्टिक, बिजुली उत्पादनलगायतमा फैलिएको छ । यस समय उनी भारतीय मुद्रामा हिसाब गर्दा १० अर्ब डलर बराबरको सम्पत्तिको मालिक भएका छन् । उनको साथमा देशको सबैभन्दा ठूलो निर्यात कम्पनी रहेको छ । उनको आफनै बीचक्राफ्ट जेट २००५ ह्याकर जेट २००८ मा खरिद गरेका थिए । उनको यो अवस्था पछिल्लो साढे तीन दशकमा प्राप्त भएको हो ।

हाल उनले उत्तर प्रदेशमा ३५ हजार करोड बराबरको लगानी गर्ने घोषणा गरेका छन् । उनकी पत्नी पेशाले डेन्टिस्ट हुन् । त्यसका साथ साथै अडानी फाउण्डेशनका प्रमुख पनि हुन् । उनका दुई छोरा छन् ।

आफनो शहर छाडेर मुम्बई गएका अडानी एक हिरा कम्पनीमा सामान्य तलबमा समेत काम गरेका थिए । केही समय त्यहाँ काम गरेर उनले झावेरी बजारमा आफंै एक हिराको ब्रोकरेज आउटफिट खोले । यस्तै, १९८८ मा उनले आयात निर्यात कम्पनी खोले ।

शुरुवाती चरणमा उनले मारुती ८०० बाट आफनो व्यवसायिक यात्रा शुरु गरेका थिए । हाज उनको साथ बिएमडब्ल्यू गाडी नै एक दर्जन बढी छन् । उनको पाँच हेलिकोप्टर, तीन बोम्बार्डियर, बीचक्राफ्ट विमान रहेको छ । मोदीले सन् २०१४ मा मोदी प्रधानमन्त्री हुँदा उनको निजी सम्पत्ति ५ अर्ब डलर थियो । आज उनको सम्पत्ति ५३.७ बिलियन डलर रहेको छ । उनले अष्टे«लियाको स्वीसल्याण्डमा १६.६ अर्ब डलरको एक कोइला उत्खननको काम जिम्मा लिएका थिए । त्यसका लागि उनले अष्ट्रेलिया सरकारले १ अर्ब डलरको ऋण समेत दिएको थियो । उक्त परियोजना विवादमा आयो । अष्ट्रेलियाका पर्यावरणवादीले त्यसमा चर्को विरोध जनाए । सोही कारण सो परियोजना अगाडि बढ्न सकेन ।

उक्त परियोजनाको विवाद आज पनि जारी छ । यस्तै, मध्य प्रदेशको हिरा उत्खननको परियोजनासमेत लिएका छन् । यस्तै अनिल अग्रवालको स्वामित्वमा रहेको बेदान्ता रिर्सोसेजसँग मिलेर ५९ हजार करोड बराबरको परियोजनासमेत अगाडि बढाएका छन् ।

ओडिसा, हरियाण, महारारष्ट्र, मध्य प्रदेश, राजस्थानमा समेत अडानीले व्यवसाय विस्तार गरेका छन् । उनले जहाँ–जहाँ व्यवसाय विस्तार गरेका छन्, त्यहाँ त्यहाँ शक्तिको पहुँच र प्रभावको प्रयोग गरेका छन् ।

नेपालमा पनि यति ओली सरकारको आडामा केही व्यापारिक घरानाहरुले रातारात धनाड्य बनिरहेका छन् । समयमै यो प्रवृत्ति रोक्न नसके व्यापारीहरुले राज्यसत्ता नै कब्जा गर्ने अवस्था नआउला भन्न सकिँदैन ।


पुष्प दुलाल