सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढ्यो
काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कायम भएको सुनको मूल्य बिहीबार ९ सय रुपैयाँले बढेर ८६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको थियो भने बिहीबार ८६ हजार ५० रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ११ हजार ९५ रुपैयाँ थियो भने बिहीबार १५ रुपैयाँ बढेर १२ सय १० रुपैयाँ मूल्य कायम भएको छ ।